संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ७४ वर्ष पछि पहिलो पटक महिला नेतृत्व

    ७४ वर्ष पछि पहिलो पटक महिला नेतृत्व

    संघारी न्युज
    ९ असोज २०७९
    990
    Shares

    बेलौरी । थारु कल्याणकारी सभामा ७४ वर्ष सम्म पुरुषहरुको एकल नेतृत्व थियो । उपत्यका सहित २५ जिल्लामा शाखा विस्तार रहेकाको सो संस्थाले अहिले सम्म महिलालाई नेतृत्व दिएको थिएन । जुन क्रमभंग कञ्चनपुरको नवौँ जिल्ला अधिबेशनले गरेको छ ।

    अधिबेशनले सुनिता चौधरी (सानु) जिल्ला सभापतिमा निर्वाचित भएर थाकसको ईतिहासलाई फेरबदल गरिदिईन् । २००५ सालमा स्थापना भएको थारु कल्याणकारी सभाको जिल्ला सम्मेलन प्राय सर्वसहमतीमा नेतृत्व चुनिने गरिन्छ । तर यस पटक सानुलेपनि जिल्ला सभापतिको दाबेदार बनेपछि चुनाव भयो ।

    शनिवार सम्पन्न अधिबेशन बाट उनी २८ मत ल्याई निर्वाचित भईन् । उनको प्रतिस्पर्धी रोशन चौधरीले २१ मत प्राप्त गरेका थिए । अन्य पदका लागि भने आपसी सहमती बाटै पदाधिकारी चयन भएको थाकसले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com