संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै

    आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै

    संघारी न्युज
    १० असोज २०७९
    936
    Shares

    कैलाली । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ।

    दशैंको पहिले दिन घरघरमा अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज राखिएको जमरा विजयादशमीको दिन मान्यजनको हातबाट टीकासँगै ग्रहण गरिन्छ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको नौ दिनसम्म पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com