काठमाडौं, टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले चौधरीलाई आममाफीका लागि सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
“रेशमलाल चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधेका विषयहरूलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा उहाँको माफी मिनाहा गर्न सिफारिश गर्ने निर्णय भएको छ,” प्रवक्ता शर्माले भनिन्।
आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएका थिए। केही दिनअघि मात्रै सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको थियो।
उनलाई माफी मिनाहाका लागि सरकारले सिफारिश गर्ने निर्णय गरेको हो। योसँगै गणतन्त्र दिवसको अवसर पारेर अन्य कैदीलाई पनि माफीका लागि सिफारिश गर्ने निर्णय भएको शर्माले बताइन्।
प्रवक्ता शर्माले भनिन्, “गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको सजाय माफी गर्ने र केहीको आधा माफी गर्ने निर्णय गर्ने प्रचलन छ, त्यस अनुसार निर्णय भएका छन्।”
गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ गते मनाइन्छ। यो अवसरमा कैदीको माफी मिनाहा गर्ने गरिन्छ। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै