काठमाडौं, २० जेठ । भारतको उडिसा राज्यमा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ भने नौ सयभन्दा बढी घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ सात बजे उडिसाको बालासोरमा दुर्घटना भएको थियो। कोलकत्ताबाट चेन्नेइ गइरहेको रोमोमण्डल एक्सप्रेस र यशवन्तपुर हावाडा एक्सप्रेस एकआपसमा ठोक्किएका हुन्।
रेल अधिकारीहरुका अनुसार यशवन्तपुर हावाडा एक्सप्रेसका केही डब्बा निस्केर अर्को रेलमार्गमा पुगेका थिए। ती डब्बा कोलकत्ताबाट चेन्नेइ गइरहेको कोरोमन्डल एक्सप्रेससँग ठोक्किन पुगेका थिए।
त्यसपछि अनियन्त्रित भएको कोरोमन्डल एक्सप्रेस अर्को मालगाडीमा गएर ठोक्किएको थियो। केही डब्बा मालगाडीमाथि चढेर गएका थिए।
शनिबार बिहानसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या २२३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सयौं यात्रु गम्भीर घाइते रहेका छन्। मृतको संख्या अझै बढ्न सक्ने जनाइएको छ।
दुवै रेलको हावाडा स्टेशनमा पुग्ने समय तीन घन्टा फरक थियो। तर, दुवै रेल सँगसँगै स्टेशनमा पुगेको जनाइएको छ। जसका कारण दुर्घटना हुन पुगेको रेल अधिकारीको भनाइ छ।
दुर्घटनामा घाइते भएका यात्रुको उद्धार जारी रहेको छ। रातभर सुरक्षाकर्मीले घाइते र मृत्यु भएका यात्रुको उद्धार गरेका थिए। अझै पनि उद्धार र खोजी कार्य जारी रहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै