कैलाली, ४ जेठ । एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग बढिरहेका बेला सञ्चार माध्यमलाई त्यसको अनावश्यक रोकमा सहयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसआइडीको आयोजनामा आइतबार धनगढीमा भएको एन्टिमाइक्रोबाइल रेसिस्टेन्स (एएमआर), मिडिया संवेदनशीलता कार्यशालामा बोल्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा। जगदीश जोशीले एन्टिवायोटिकको जथाभावी प्रयोगले अव औषधिले काम नगर्ने अवस्था आउन थालेको बताए । त्यसमा सञ्चार माध्यामले महत्वपूर्ण भूमिका खेल्नसक्ने उहाँको भनाइ छ ।
कैलाली र कञ्चनपुरका पत्रकारको सहभागिता रहेको सो कार्यक्रममा डा. सन्तोष दुलालले सानाठूला विमारीमा स्वास्थ्यकर्मीको सल्लाहविना नै एन्टिवायोटिकको प्रयोग गर्ने, सल्लाहमा प्रयोग गरिएको एन्टिवायोटिकको पूरा मात्रा नखाने, एन्टिवायोटिक एकभन्दा बढी मानिसले बाँडेर खानेजस्ता कारणले एन्टिवायोटिक औषधिहरु निस्प्रभावी भएर समस्या आउनेगरेको बताए ।
एन्टिवायोटिक जथाभावी प्रयोगले मानिस, पशुपन्छी, कृषि तथा वातावरणमा प्रभाव पार्ने गरेको पनि बताइएको छ । आठ जनाको मृत्युमध्ये एक जनाको मृत्यु एन्टिवायोटिकको गलत प्रयोगले हुनेगरेको डा. दुलालले बताए ।
कार्यक्रममा डा. विवेका श्रेष्ठले लैङ्गिक भूमिका, जिम्मेवारी र एन्टिमाइक्रोबाइल रेसिस्टेन्स (एएमआर) बारे प्रस्तुति गर्नुभएको थियो । उनले आफ्नै तरिकाले एन्टिवायोटिक किन्ने, पूरा मात्रा नखाने समस्या महिला, पुरुष सबैमा रहेको बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै