संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कानून मन्त्री सिंह सहित तीन जनाको दुर्घटनामा निधन

    कानून मन्त्री सिंह सहित तीन जनाको दुर्घटनामा निधन

    संघारी न्युज
    ५ असार २०८०
    999
    Shares

    कैलाली, ५ असार । सुदूर पश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको दुर्घटनामा निधन भएको छ।
    धनगढीबाट बझाङ जाने क्रममा ५ असारमा गाडी दुर्घटनामा परी घाईते भएका कानून मन्त्री सिंह, उनकी पत्नी र भाउजु रहेको प्रदेश सांसद गीता चौधरीले जानकारी दिईन्।

    प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह, उनकी पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६५ वर्षीया जयादेवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत घोषणा गरिएको हो।

    सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो।

    मन्त्रीको बझाङस्थित रितु पोलिक्लिनिकमा सामान्य उपचार पश्चात रेफर गरि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार शुरु भएको थियो। रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए।

    उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com