संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    वारेस नामामार्फत थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी दर्ता

    वारेस नामामार्फत थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी दर्ता

    संघारी न्युज
    २३ असोज २०७९
    1.2k
    Shares

    कैलाली । अदालतको फरार सूचीमा रहेका थरुहट नेता लक्ष्मण थारुले वारेस नामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उनले आइतबार वारेस नामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

    कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका उनले धनगढीका स्थानीय बुन्दीलाल चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

    टीकापुर मुद्दामा उच्च अदालत दिपायलबाट दोषि करार गरिएका उनी अदालतको फरार सूचीमा छन् । हाल टीकापुर मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

    २०७४ को निर्वाचनमा नेता थारुले कैलाली कारागारबाटै चुनाव लडेका थिए ।

    योसँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) प्रदेश सभा सदस्यको लागि श्रीराम चौधरी र (ख )बाट गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com