काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एक तिहाइ उम्मेदवार महिला उठाउन दिएको निर्देशन राजनीतिक दलहरूले अवज्ञा गरेका छन्।
मंसीर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १२८ मध्ये जम्मा १९१ जना अर्थात ८.९७ प्रतिशत महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले संविधानको धारा ३८(४) र धारा ४२ धारा ४७ को मर्म अनुसार दलहरूलाई एक तिहाइ महिला उठाउन निर्देशन दिएको थियो।
प्रदेश सभा सदस्य पदका लागि दुई हजार ६०० पुरुष, २४४ महिला र एक जना अन्यले उम्मेदवारी दिएको आयोगका प्रवक्ता पौडेलले बताए।
प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा धेरै अर्थात् ७४ र सबैभन्दा कम कर्णालीमा जम्मा दुई महिलाको उम्मेदवारी परेको छ।
प्रदेश १ : पुरुष ४४५, महिला ४९
मधेश : पुरुष ७११, महिला ५५, अन्य एक
बागमती : पुरुष ५६१, महिला ७४
गण्डकी : पुरुष १९९, महिला २९
लुम्बिनी : पुरुष ४१४, महिला २३
कर्णाली : पुरुष ७०, महिला दुई
सुदुरपश्चिम : पुरुष १९१, महिला १२
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै